जनकपुरधाम, फागुन १५ । मधेश प्रदेशका शिक्षकहरु आन्दोलित भएका छन् । नेपाल शिक्ष महासंघ राष्ट्रिय समितिद्वारा घोषित शैक्षिक आन्दोलन २०८१ लाई पूर्णरुपमा सफल पार्न मधेश प्रदेशका शिक्षकहरु पनि आन्दोलित भएका छन् ।
महासंघले एक विज्ञप्ति जारी गरी संघीय संसदको यहि हिउँदे अधिवेशनबाट २०८० असोज ५ र १२ गते नेपाल सरकार संग भएको सहमति सम्झौता सहित शिक्ष, अभिभावक, विद्यार्थी र विद्यालय कर्मचारी लगायतका माग मुद्दाहरु सम्वोधन गराउने उद्देश्यले आज मधेश प्रदेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाउने भएका छन् ।
शिक्षकहरु संघ संगठनहरुसंग पटक पटक सम्झौता गरे पनि कार्यान्वयन नगरेको भन्दै नेपाल शिक्षक संघ, नेराशि संगठन, ए.ने. शिक्षक संगठन, प्र.ने.शि. संगठन, सं.शि. फोरम लगायतका शिक्षक आवद्ध संघ संगठनले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् ।






