पाकेटमारी गरेको आरोपमा १० नेपाली युवा पक्राउ



काठमाडौं, फागुन १६ । बसभित्रै पाकेटमारी गरेको आरोपमा प्रहरीले १० जना नेपाली युवालाई पक्राउ गरेको छ ।

पाकेटरको आरोपमा प्रहरी वृत्त स्वयम्भूले सुरुमा काभ्रेको मन्डनदेउपुर गाउँपालिका–१० का ३६ वर्षीय श्याम तामाङलाई पक्राउ गरेको थियो । उनी पक्राउ परेपछि थप ९ जना पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

पक्राउ पर्नेहरुमा उनीसँगै काभ्रेको बेथानचोक गाउँपालिका–६ का ३२ वर्षीय सुमन मगर, धादिङका २७ वर्षीय बिदुर कमल, धादिङकै विवेक ढुंगाना छन् ।

त्यसैगरी सिन्धुपाल्चोकका विकास तामाङ, काभ्रेका सनबहादुर तामाङ, सिन्धुलीका शंखबहादुर योञ्जन, रौतहटका आकाश तामाङ, काभ्रेका प्रकाश लामा र काभ्रेकै कसाङ तामाङ छन् । उनीहरुविरुद्ध प्रहरी वृत्त स्वयम्भूबाट अनुसन्धान अघि बढाइएको छ ।

कलंकीबाट बसपार्क जाँदै गर्दा १२ फागुनमा ५१ वर्षीय पुरुषको पाकेटमारी भएको थियो । उनको साथमा रहेको ५० हजार रुपैयाँ पाकेट मारेर एक समूह फरार भएको थियो ।

प्रकाशित मिति: २०८१ फाल्गुन १६, शुक्रबार २१:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको