एक सातादेखि हराएकी अञ्जलीको शव घरमै फेला



जनकपुरधाम, फागुन १७ । एक साता देखी हराई रहेकी धनुषा लक्ष्मीनिया गाउँपालिका–५ बनिनियाकी २० वर्षीया अञ्जली यादवको शव शनिबार घरकै पूजाकोठामा गाडिएको अवस्थामा फेला परेको छ ।

स्थानीयवासीहरुले एक हप्ताअघि नै अञ्जली र उनका श्रीमान रामहरि यादवका अतोपत्तो नरहेको जानकारी प्रहरीलाई दिएको थियो । स्थानीयवासीको जानकारी अनुसार छानबिन गर्दै आएको प्रहरीले शनिबार अञ्जलीको शव घरको पूजाकोठामा गाडिएको अवस्थामा फेला पारेको हो ।



प्रहरीका अनुसार अञ्जलीका श्रीमान् रामहरि यादव र उनका १० महिने छोरीको हालसम्म पत्तो लागेको छैन । अञ्जलीको मृत्यु र श्रीमानको लापता अवस्थाले घटनामा हत्या र अपहरणको शंका थपिएको छ ।

स्थानीयका अनुसार गत शनिबार अञ्जली र रामहरिबीच विवाद भएको थियो । त्यसपछि अञ्जली उनका श्रीमान रामहरि र उनकी छोरी पनि सम्पर्क विहिन भएका थिए ।

प्रहरी प्रवक्ता वरुणबहादुर सिंह सडेगलेको अवस्थामा गाडिएको शव शव उत्खनन गरेर प्रादेशिक अस्पतालमा पोस्टमार्टमको लागि पठाएको बताएका छन ।

प्रहरीले श्रीमान् रामहरिको खोजी तीव्र पारेको र त्यसको आधारमा थप अनुसन्धान गर्नका लागि स्थानीयवासीसँग सोधपुछ जारी राखेको जानकारी दिएका छन ।

प्रकाशित मिति: २०८१ फाल्गुन १७, शनिबार १६:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको