सप्तरी, फागुन १७ । पुस्तौ देखि बिटौरी र व्लक जग्गामा बसोवास गर्दैै आएका राजविराज नगरवासीको तर्फबाट लालपुर्जा लगायतका विभिन्न ७ बुदे माग राखि गठित संघर्ष समितिले राजविराज बन्द कार्यक्रमको पुर्व संध्यामा घर घर र पसल पसल पुगि कार्यक्रम सफल बनाउन अपिल गरेको छ ।
संघर्ष समतिले नगरका बिटौरी र व्लक जग्गामा बसोबास गर्दै आएका नागरिकालाई लालपुर्जा, राजविराज बर्सपार्कको अधुरो निर्माण कार्य अविलम्ब पुरा गरी संचालन, हटिया कम्पलेक्सको निर्माण कार्य छिटो सम्पन्न गरी व्यापारीलाई हस्तान्तरण र राजरंगशालाको स्तरोन्नती लगायतका ७ बुदे माग अघि सार्दै फागुन १८ गते आईतवार राजविराज बजार बन्दको आह्वान गरेको हो ।
संघर्ष समितिका संयोजक इरसाद अंसारी, जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, सप्तरी उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष मनोज मुन्धडा, नेपाली काँग्रेसका नेता शम्भुलाल देव सहितको टोली नगरको घर घर र पसल पसलमा पुगी नगरवासीको जायज माग सम्बोधनका लागि थालिएको आन्दोलनमा साथ दिन अपिल गरेका थिए ।
संघर्ष समितिले फागुन १८ गते राजविराज बन्द, फागुन २१ गते नगरमा कालो झण्डा झुण्डयाउने, फागुन २५ गते राजविराज नगरपालिका कार्यालयमा तालावन्दी, फागुन २८ गते राजविराज स्थित नापी तथा मालपोत कार्यालयमा तालाबन्दी तथा चैत्र ४ गते देखि स्थानिय गजेन्द्र चौकमा अनिश्चितकालिन रिले अनसन लगायतका आन्दोलन कार्यक्रम घोषणा गरेको छ ।






