समाजवादी युवा संघ मधेश समितिको विस्तार



जनकपुरधाम, फागुन १७ । जनता समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी युवा संघ मधेश प्रदेश समितिको विस्तार गरिएको छ ।

प्रदेश अध्यक्ष कमलेश कुमार यादवको अध्यक्षतामा शुक्रवार सम्पन्न विस्तारित बैठकले ४१ सदस्यीय मधेश प्रदेश समितिको विस्तार गरिएको अध्यक्ष यादवले जनाएका छन ।

समितिको उपध्यक्षमा भुवनेश्वर यादव सप्तरी, सरोज चौधरी महोत्तरी, सुरज महतो धनुषा, बिजय सप्तरी र उपेन्द्र यादव बारा चयन भएका छन ।

समितिको मुख्यसचिवमा धनुषाका दिपेन्द्र कापरी र सचिवहरुमा महोत्तरीका सरोज अधिकारी पर्साका शेष समशेद , सिरहाकी पिन्की कुमारी यादव , रौतहटका पुन्यप्रताप पटेल र बाराकी अनिता यादव चयन भएको अध्यक्ष यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

समितिको कोषाध्यषमा धनुषाका सीता कुमारी मन्डल चयन भएकी छिन ।

त्यसैगरि सदस्यहरुमा राकेश यादव सर्लाही, तप्सी यादव रौतहट , जयनारायण यादव धनुषा कैलाश महरान सप्तरी , अशोक कु. यादव सिरहा लगायतको चयन भएका छन ।

बैठकमा जसपा नेपालका प्रदेश अध्यक्ष बालकिशोर यादव, युवा इन्चार्ज कृष्णशंकर साह , युवाका केन्द्रिय महासचिव दिलिप पटेल सहितको विशेष उपस्थिति रहेको थियो ।

 

 

प्रकाशित मिति: २०८१ फाल्गुन १७, शनिबार ११:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको