सप्तरीको स्याउ गोदाममा ३ हजार किलोभन्दा बढी गाँजा फेला



राजविराज, फागुन १९ । सप्तरीको राजविराज नगरपालिका वडा नं ९ मलेठस्थित एक स्याउ गोदाममा गाँजा फेला परेको छ ।

गोदाम नजिकैको सडकबाट गइरहेका सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दहालले सडक छेउको गोदाममा एक ट्रकबाट अर्को ट्रकमा शंकास्पद सामग्री अनलोड गरिरहेको देखेपछि शंका लागि सोधीखोजी गरे ।

प्रजिअ दहालले गोदाम सञ्चालकलाई बोलाएपछि उनी आएनन् । त्यसपछि गोदाम फोडेर हेर्दा भित्र गाँजा फेला परेको हो । जहाँ एक सयभन्दा बढी बोरामा गाँजा राखिएको थियो ।

गोदाम भित्र सिट नभएको एउटा स्कर्पियो पनि फेला परेको छ । अहिले उक्त स्थानमा प्रहरीले घेरा हालेको छ । गोदामको खानतलासी भइरहेको छ ।

प्रजिअ दहालले गाँजासँगै गोदाममा अन्य वस्तुहरु रहेकोले यकिन गर्ने कार्य भइरहेको जानकारी दिए । प्रारम्भिक अनुमानअनुसार तीन हजार किलोभन्दा बढी गाँजा उक्त गोदाममा रहेको छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन १९, सोमबार १२:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको