जनकपुरधाम, फागुन २० । धनुषाको मुखियापट्टी मुसहनीया गाँउपालिकामा काँग्रेस , एमालेका दर्जनौ नेता कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेका छन ।
मुखियापट्टी मुसहरनीया गापा वडा नं. २ बेल्ही टोलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा काँग्रेसका स्थानीय नेता एवं तत्कालिन गाविसका पूर्व वडा अध्यक्ष बस्ती यादव , नेकपा एमालेका नेता हरिनाथ यादव र एकीकृत समाजवादीका नेता महेन्द्र बाँतरको नेतृत्वमा दर्जनौ नेता कार्यकर्ता पार्टी प्रवेश गरेका छन ।
नेतात्रयको नेतृत्वमा काँग्रेस , एमाले, नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गरेको हो ।
नव प्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं मुखियापट्टी मुसहरनीया गाँउ पालिकाका अध्यक्ष जयकुमार यादवले माला र टिका लगाई पार्टीमा स्वागत गरेका छन ।
यादव गाँउपालिकामा निर्वाचित भए यता विभिन्न पार्टी परित्याग गरि जसपा नेपालमा प्रवेश गर्ने लहर नै चलेको छ ।
जसपा गाँउपालिका कमिटीका अध्यक्ष अशोक यादवको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा नेता विश्वनाथ यादव, जिल्ला कमिटी सदस्य शशि यादव लगायतको विशेष उपस्थिति रहेको थियो ।






