जनकपुरधाम, फागुन २० । डिभिजन वन कार्यालय धनुषाका वन अधिकृत (डिएफओ) विनोद सिंहलाई उत्कृष्ट वन प्राविधिक पुरस्कार २०८१ बाट सम्मानित गरिएको छ ।
वन प्राविधिक संघको ५०औं बार्षिकोत्सव तथा स्वर्ण महोत्सव समारोहमा काठमाडौमा आज आयोजित एक कार्यक्रममा सो पुरस्कार डिएफओ सिंहलाई प्रदान गरिएको छ । वन संरक्षणको कार्यमा अतुलनिय योगदान पुर्याए बापत कार्यको उच्च मुल्यांकन सहित नगद पुरस्कार र प्रमाणपत्रबाट सम्मानित गरिएको छ । पुरस्कारको राशी ४० हजार नगद रहेको छ ।
वन अतिक्रमण नियन्त्रण, भूमाफियाहरुले लालपुर्जा बनाई हकभोग गरिसकेको अरबौं मूल्यको जग्गा फिर्ता ल्याई राज्यको कायम गरेको, वन व्यवस्थापन र सुशासन कायम गर्नमा पनि उहाँको योगदान रहेको छ ।
डिएफओ सिंहको कामकाजलाई मधेश सरकारले पनि आफनो उपलब्धिको रुपमा राखेको छ । संघीय वन वातावरण मन्त्रालयका सचिव दिपककुमार खरालले सो पुरस्कार प्रदान गर्नुभयो । समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, वन तथा वातावरण मन्त्री ऐनबहादुर सिंह ठकुरी लगायतले बोल्नुभएको थियो ।




