जनकपुरधाम, फागुन २१ । मिथिला माध्यमिकी परिक्रमाका यात्रीहरू आज महोत्तरी गाउँपालिकाको मडईहुँदै बुधबार ध्रुवकुण्ड पुगेका छन् । सोमबार जलेश्वरमा पाँचौँ दिनको विश्रामपछि डोलासहितका यात्रीहरू मिथिलाविहारी श्रीराम र किशोरीजी सीताजीका प्रतिमा संग मडई र आज ध्रुवकुण्ड पुगेका छन् ।
परिक्रमा यात्रीको स्वागत महोत्तरी गाउँपालिकाका अध्यक्ष दिलीपकुमार पाण्डे र स्थानीयवासीहरुले गरेका थिए । यात्रा टोलीले आइतबार मटिहानीबाट महोत्तरी प्रवेश गरेको थियो । महोत्तरी जिल्लामा मिथिला माध्यमिकी परिक्रमा यात्राको तेस्रो र परिक्रमा यात्रा अवधिको छैटौँ दिनको विश्रामस्थल रहेको छ । जलेश्वरबाट मडईको चार किलोमिटरको दूरी तय गर्दै आएका यी यात्रीलाई मडईमा पुगेर स्थानीयबासीहरूले स्वागत गरेका छन् । मडईमा डोलासहितका यात्रीहरूको आगमनसँगै यहाँको वातावरण उत्सवमय बनेको छ ।
परिक्रमा मेला हेर्नका लागि ठूलो भीड जम्मा भएको थिए । परिक्रमा यात्रामा महोत्तरीको कुल दूरी २५ किलोमिटरमध्ये ९ किलोमिटर पूरा भएको छ । यससँगै आगामी सातौँ र आठौँ दिनको यात्रा क्रमशः ध्रुवकुण्ड र कञ्चनवनमा विश्राम गर्नेछन् । धनुषाको कचुरीस्थित मिथिलाबिहारी मन्दिरबाट फागुन औँसीका दिन शुरु भएको १५ दिने डोलायात्रामा धनुषा, महोत्तरी र भारतको मधुवनी जिल्लासम्मको
यात्रा गरिन्छ । यस यात्रा मार्गमा १३३ किलोमिटरको वृतभित्रको यात्रा तय गरिन्छ । महोत्तरी जिल्लामा परिक्रमाका पाँच रात्रिबासको परम्परा छ भने धनुषा र मधुवनीमा क्रमशः ६ र ४ रातको विश्राम गरिन्छ ।
मिथिला माध्यमिकी परिक्रमा यात्राको ऐतिहासिक र सांस्कृतिक महत्वका कारण यस परिक्रमाले स्थानीय जनसमुदायलाई मात्र नभई अन्य सन्देशप्रेमीहरूलाई पनि आकर्षित गरिरहेको छ ।
मिथिला माध्यमिकी परिक्रमा यात्राको ऐतिहासिक र सांस्कृतिक महत्वका कारण यस परिक्रमाले स्थानीय जनसमुदायलाई मात्र नभई अन्य सन्देशप्रेमीहरूलाई पनि आकर्षित गरिरहेको छ ।






