विद्यार्थी माथि यौन दुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ



राजविराज, फागुन २१ । सप्तरीको सप्तकोशी नगरपालिका २ सिद्धिपुर स्थित गोवद्र्धन वैरागी जनता उच्च माध्यमिक विद्यालयका शिक्षक रमेश कुमार राउत यस्तै कुकृत्यमा लागेको आरोपमा पक्राउ परेका छन् ।

उक्त विद्यालयमा करार सेवामा शिक्षक पदमा कार्यरत ३३ बर्षीय राउतले मंगलवार कक्षा १० मा अध्ययनरत एक छात्रा माथि विद्यालयको कोठामा यौन दुव्र्यवहार गरेको पाइएको प्रहरीको भनाई छ ।

“प्राक्टिकल विषयमा राम्रो अंक दिने र सोही विषयमा केही कुरा गर्नुछ” भन्दै कक्षाकोठामा लगि यौन दुव्र्यवहार गर्न थालेपछि आफू चिच्याएको पीडित छात्राले प्रहरी समक्ष वयान दिएकी छिन् । कोठामा लगेर शिक्षक राउतले छात्रालाई जिउमा सुम्सुम्याउने, अंगालो हाल्ने, कपाल तान्ने, चुम्वन गर्न खोज्ने लगायतका क्रियाकलाप गरेको खुलेको छ । छात्राले हल्ला गरेपछि पुगेका विद्यार्थी र अभिभावकले शिक्षक राउतलाई नियन्त्रणमा लिई प्रहरीलाई खवर गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक चिरञ्जिवी पौडेलले छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका शिक्षक राउतलाई व्यवस्थापन समितिको बैठकबाट निलम्बन तथा अन्य कारवाहीका लागि पहल गरिने बताए ।

उक्त घट्ना पीडित छात्राका आफन्तले बुधबार इलाका प्रहरी कर्यालय कंचनपुरमा शिक्षक राउत विरुद्ध उजुरी दिएका छन् । इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले पक्राउ परेका शिक्षक राउतलाई बुधवार सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई यौन दुव्र्यवहार कसुरमा अनुसन्धान अघि बढाईएको जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक चिरञ्जिवी पौडेलले छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका शिक्षक राउतलाई व्यवस्थापन समितिको बैठकबाट निलम्बन तथा अन्य कारवाहीका लागि पहल गरिने बताए ।

“अहिले ती शिक्षक यौन दुव्यवहारको आशय गरेको देखियो, प्रहरीको अनुसन्धान पछि आउने परिणाम अनुसार हामीले पनि आवश्यक निर्णय लिने नै छौं, प्रधानाध्यापक पौडेलले भने,–यसबारे विद्यालय व्यवस्थापन समिति संग गम्भिर छलफल थालेका छौं ।”

विद्यालय विद्यार्थीलाई ज्ञान प्रदान गर्ने थलो मात्र नभएर सामाजिक संस्कार सिकाउने र सभ्य नागरिक बनाउने स्थल पनि हो । तर, यस्तो स्थलमा गुरु बाट शिष्य माथि भएको यस्तो क्रियाकलापले समाजमा नकारात्मक सन्देश गएको भन्दै स्थानियले घट्नाको सुक्ष्म अनुसन्धान गरि दोषी माथि कडा कारवाही हुनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति: २०८१ फाल्गुन २१, बुधबार २०:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको