स्ववियु निर्वाचनः विद्यार्थी र निर्वाचन समिति बीचको बैठक निष्कर्ष बिहीन



जनकपुरधाम, फागुन २१ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनकालागि जनकपुरधाम स्थित राम स्वस्वरुप राम सागर बहुमुखि क्याम्पस (राराब)मा विद्यार्थी संघ संगठन र निर्वाचन समिति बीचको बैठक निष्कर्ष बिहीन बनेको छ ।

निर्वाचनमा धाँधली हुन सक्ने, फर्जी विद्यार्थी मतदान गर्न सक्ने जस्ता सम्भावना बढेपछि विद्यार्थी संघ संगठनले निर्वाचन अवधि भरकालागि आइडि कार्डको माग गरेपछि निर्वाचन समितिले सो सम्भव नरहेको भने पछि बैठक निष्कर्ष बिहीन बनेको छ । निर्वाचन समितिका सदस्य सचिव गुल्जार राउतले भने–‘हुनत निर्वाचन अधिकृतले आज १२ बजे सवै विद्यार्थी संघ संगठनलाई समन्वय गर्नकालागि बोलाएको छ, छलफलबाट निष्कर्ष निस्कन हामीहरुको विश्वास छ ।’

समाजवादी विद्यार्थी युनियन नेपालका राराब इकाई अध्यक्ष गौतम यादवले हामीहरुको माग पुरा नभए सम्म हामी निर्वाचनमा नजाने अडान लिएका छन् । केही संघ संगठन र विद्यार्थी इच्छा पुरा गर्न हामी क्याम्पसको भविष्य दाउमा नलगाउने उनले टिप्पणी गरे । उनले भने–‘विगतमा यहि रवैयाका कारण निर्वाचन निश्पक्ष हुन सकेन् ।’

राराब क्याम्पसमा लोकतान्त्रिक विद्यार्थी संघ, समाजवादी विद्यार्थी युनियन नेपाल, नेपाल विद्यार्थी संघ , जनमत विद्यार्थी संघ, राष्ट्रिय विद्यार्थी मञ्च लगायतका विद्यार्थी संघ संगठनहरु आन्दोलनमा छन् ।

प्रकाशित मिति: २०८१ फाल्गुन २१, बुधबार ०८:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको