विपद व्यवस्थापन पूर्व अभ्यासमा खटिएका दुई प्रहरी आफै बेपत्ता



राजविराज, जेठ २२ । विपद् व्यवस्थापन पूर्व अभ्यासमा खटिएका दुई प्रहरी सप्तकोशी नदीमा बेपत्ता भएका छन । बाढी पहिरोमा फँसेकाहरुलाई कसरी जोगाउने ? भन्ने उद्देश्यका साथ सचेतनाका लागि सप्तकोशी नदीमा उद्दारकला र पुर्व अभ्यासमा खटिएका दुई प्रहरी आफै बेपत्ता भएका हुन ।

बेपत्ता हुनेहरुमा मधेश प्रदेश सशस्त्र प्रहरीका जवान सुरज साउद र हरदेव राजवंशी छन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित सप्तकोशी नदीमा बर्षाका बेला बाढीपहिरोमा फसेका सर्वसाधारणलाई उद्धार गर्नका लागि अभ्यास गर्देगर्दा उनीहरु बेपत्ता भएका हुन् ।

विपद व्यवस्थापन पुर्व अभ्यासका लागि  मधेश प्रदेश सशस्त्र प्रहरी कार्यालयबाट आएका गोताखोर सहितको उद्धार टोलीले अभ्यास गरिरहेका बेला अचानक पानीको वेगमा उनीहरु वेपत्ता भएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।
उनले वेपत्ता भएका प्रहरीको खोजी कार्य भईरहेको बताए ।

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी दाहालको नेतृत्वमा सप्तरी र सुनसरीबाट थप सुरक्षाकर्मी झिकाएर वेपत्ता प्रहरीको खोजीकार्य भइरहेको उनले बताए । यसैबीच वेपत्ता दुई प्रहरीको खोजी कार्यका क्रममा बाढीले बगाएर ल्याएको एक अपरिचित व्यक्तिको शव प्रहरीको गोताखोर टोलीले बरामद गरेको छ ।

पहिचान खुल्न नसकेका ती व्यक्तिको शव पोष्टमार्टमका लागि अस्पताल पठाइ सोबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०८२ जेष्ठ २२, बिहीबार २०:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको