एसीसी पुरुष यू–१६ इस्ट जोन कपको उपाधिमाथि नेपालको कब्जा



काठमाडौं, असार २१ । एसीसी पुरुष यू–१६ इस्ट जोन कप २०२५ को फाइनल खेलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले लगातार दोस्रोपटक उपाधिमाथि कब्जा गर्न सफल भएको छ ।

एसीसी पुरुष यू–१६ इस्ट जोन कपको  अघिल्लो संस्करणमा पनि जित हात पारेको नेपालले लगातार दोस्रोपटक उक्त उपाधि हात पारेको हो । नेपालले पछिल्लो संस्करणको फाइनलमा मलेसियालाई हराउँदै यो उपाधि जितेको थियो ।



शनिबार बिहान भएको फाइनल खेलमा सिंगापुरले जितका लागि प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य नेपालले २८।५ ओभरमा ८ विकेटको क्षतिमा पुरा गर्यो ।

आजको खेलमा परिमर्जन यादवले तीव्र गतिमा ९ बलमा १३ रन बनाए पनि दोस्रो ओभरमा आउट हुन पुगे । उनले ३ चौका प्रहार गरे । त्यसपछि प्रसिद्ध जैसी र विकेटकिपर शिवांश बजगाईले टोलीको इनिङ्स सम्हाले । दुवैले दोस्रो विकेटका लागि २३ बलमा २७ रन जोडे ।

छैठौ ओभरमा बजगाई १३ बलमा २० रन बनाउँदै आएट हुन पुगे। उनले २ प्रहार गरे। प्रतियोगितमा सबैभन्दा धेरै रन बनाएका रौनक श्रीवास्तव पहिलो बलमा नै कपिस वेंकटरामनको शिकार बने ।

नेपाललाई जित दिलाउन जोय थापाले अविजित रहँदै सर्वाधिक २४ रन बनाए। ५३ बल खेलेका उनले ३ चौका प्रहार गरे। अभय यादव १० रनमा अविजित रहे।

प्रकाशित मिति: २०८२ असार २१, शनिबार १५:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको