काठमाडौँ, साउन १८ । परम्परागत औजार “ढिकीजाँतो” को नामबाट रैथाने कृषि उपजलाई बजारीकरण गर्दै काठमाडौंमा केही युवाले स्थानीय स्तरमा उत्पादन हुने खाद्य सामग्रीलाई संकलन गरेर शहरवासीको भान्सामा पु¥याउने काम जोडतोडले गरिरहेकाछन् ।
कोभिड–१९ को महामारीमालकडाउनभएर घरमै बसिरहेका बेलाचार्टडएकाउन्टेन्ट कृष्ण प्रसाद शर्मा, आइटीइन्जिनियर अश्विन सापकोटा र उनकासाथीहरू बीच स्थानीय स्तरमाउत्पादनहुने खाद्यन्नलाई सिधैं उपभोक्ताको भान्सासम्म कसरी पु¥याउन सकिन्छभनेर छलफलभएको थियो ।पछि सोहि समुहलेहिमाली र उच्चपहाडीजिल्लामाउत्पादनहुने खाद्य सामग्री संकलन गरेर विक्रीवितरणगर्दैआएको छ ।
“विशेष गरि विभिन्नहिमालीतथापहाडीक्षेत्रका कृषकहरुको स्थानीयरैथाने उत्पादनलाई उचितमूल्यप्रदान गरी उक्तउत्पादितकृषिजन्यवस्तुहरुलाई शहरी क्षेत्रकाउपभोक्तासम्मपुर्याउने हेतुले ढिकीजाँतोले –“फार्म फ्रमहोम”अवधारणामाकामगर्दै आएको छ ।
‘स्थानीय स्तरमाउत्पादनहुने खाद्य सामाग्रीहरूलाई संकलनएवं प्रशोधन गरी उपभोक्तहरूको भान्सामा पु¥याउनहामीले छुट्टै प्रणाली स्थापित गरेका छौँ,’ सञ्चालकशर्मा भन्छन्, ‘ढिकीजाँतो वेबसाइटमार्फत उत्पादक र उपभोक्तालाई सिधै जोड्ने प्रणालीको विकास गर्ने योजना गरेका छौँ ।’
‘अर्गानिकउत्पादनमुखले भनेर मात्रहुने कुरा होइन, उत्पादनप्रक्रियादेखिनै अनुगमनहुनुपर्नेर सर्टिफाई गर्ने प्रक्रियाएवं विधिपनिलामो हुने भएकाले हाम्रो अहिलेको प्राथमिकतारैथाने उत्पादनलाई उपभोक्तामाझप¥याउनु रहेको छ, सञ्चालकशर्मा भन्छन् ।जुनभूगोलमाउत्पादनभएको खाद्य सामग्रीहो त्यसलाई त्यहीभूगोलकै भनेर जेन्यूनखाद्य सामग्रीउपभोक्ताको भान्सामा पु¥याउने गरिएको कम्पनीको दाबीछ ।
ढिकीजाँतोले बालीभित्र्याउने समयमा नै स्थानीयकिसानहरूबाटखाद्यवस्तुहरूको संकलन गरेर ढिकीजाँतो संकलनकेन्द्रमाल्याउने गरेको छ । यसरी संकलन गरेको खाद्य सामग्रीढिकीजाँतो प्रशोधनकेन्द्रमा पु¥याइन्छ ।
प्रशोधनकेन्द्रबाटढिकीजाँतो प्याकेजिंगकेन्द्रमा लगेर प्याकेजिंग गरिसकेपछि सामाजिक सञ्जाल, वेबसाइट, ढिकीजाँतो स्टोरमार्फत उपभोक्तको भान्सासम्मखाद्य सामग्री पु¥याउनेव्यवस्थामिलाइएको अर्का सञ्चालक सापकोटाबताउँछन् ।काठमाडौंका विभिन्न स्थानमाढिकीजाँतोका स्टोरहरु रहेकाछन् ।अनलाइनबाटअर्डर गर्नेउपभोक्ताहरूलाई ढिकीजाँतोले होमडेलिभरी गर्नेव्यवस्था समेतमिलाएको छ ।
युवालाई कृषिमाआकर्षित गराउने, किसानलाई रैथाने बालीलगाउनअभिप्रेरित गर्ने रकिसानले उत्पादन गरेकाकृषिउपजको बजारीकरणको व्यवस्थागर्नेकामसमेत ढिकीजाँतोले एकसाथ गरिरहेको छ ।ढिकीजाँतोले आफूले बजारीकरणगर्नेकृषिबालीलगाउनकिसानलाई प्रोत्साहितगर्दैआइरहेको छ ।कम्पनीले औद्योगिकव्यवसायविकास प्रतिष्ठानबाट सहुलियतपूर्ण स्टार्टअप कर्जा पनिप्राप्त गरिसकेको छ ।
ढिकीजाँतोले चामल, दाल,गेडागुडी,पिठो,च्याँख्ला एब परम्परागतखाद्यबस्तुहरु जस्तै गुन्द्रुक, मस्यौरालगाएतअन्य रैथाने उत्पादनलाई उपभोक्तको भान्सासम्म पु¥याउँदै आइरहेको छ ।






