
रामेछाप,भादौ ४ । रामेछापबाट ओखलढुङ्गाको सिमानासम्म जोड्ने सेलेघाट–रामेछाप–साँघुटार सडकको कामनिर्माण व्यवसायीले अलपत्रपार्दा सो सडकमा गुड्ने यातायात साधन र यात्रीहरूले हैरानीखेप्नलागेपछि रामेछापका जनप्रतिनिधिर स्थानीयप्रशासनले चासो देखाएका छन् ।
सडकको पुरानो संरचनाभत्काएर लथालिङ्गपारेर छाडेपछि रामेछाप र ओखलढुङ्गाको लिखु किनारबाट काठमाडौंआउजाउगर्ने सवारी साधन सञ्चालनमा कठिनाइ भएपछि जिल्लाप्रशासनकार्यालय रामेछापको अगुवाइमाआयोजनाकार्यालय र निर्माण व्यवसायी समेतलाई लिएर बुधबार स्थलगतअनुगमन गरिएको छ ।सो क्रममातत्कालअन्यकामगर्न नसकेपछि नियमितयातायात साधन सञ्चालनहुने व्यवस्थामिलाउन रामेछापका प्रमुखजिल्लाअधिकारी श्यामकृष्ण थापाले आयोजनाकार्यालय र निर्माण व्यवसायीलाई निर्देशनदिएका छन् ।



अनुगमनको क्रममा बाटो ठाउँ ठाउँमा अति अप्ठेरो भएको कारण स्थानीयले निक्कै हैरानीखेपेका थापाले बताए । ‘हामीले तत्कालै पिचगर्नुपर्छ, सबै कामगर्नुपर्छ, भनेका छैनौँ, कम्तीमायातायात साधन नरोकिउन्’, उनले भने ।
ठाउँ ठाउँमा स्काभेटर लगायतकामेसिनहरू राखेर भए सडक नियमित सञ्चालनको कामगर्न वाग्मतीप्रदेश सभाउद्योग, पर्यटन तथावातावरण समिति सभापतिआनन्दकुमार श्रेष्ठले आग्रह गरे । ‘बिपी राजमार्गमा जस्तै ठाउँ ठाउँमा मेसिन राखेर आवागमन सहजबनाइदिनुस्’, उनले भने ।
सो सडक बिग्रिँदादुई घण्टाको बाटोमादिनभरि लाग्ने रामेछाप नगरपालिका–२ का कुमार रोक्काले गुनासो गरे । ‘काठमाडौंजाने बसहरू दिनभरि यही फसेर बस्छन्, बिरामीलैजाने एम्बुलेन्स समेत चल्दैन, ओखलढुङ्गा जाने गाडी साँझसम्मयतै हुन्छन्’, उनले भने ।

सडक बिग्रिएको कारण नागरिकले सास्तीबेहोरेको स्विकार्दै सडक आयोजनाकाप्रमुखईश्वर कार्कीले अब उपकरणहरू थपेर भएपनिनियमित रूपमायातायात सञ्चालनगर्नेबताए ।निर्माण कम्पनीलाई यस विषयमा प्रतिबद्धता नै गराउनलगाउने उनले बताए ।
रामेछापको मन्थलीनगरपालिका–६ सेलेघाटदेखि रामेछाप नगरपालिकाको रामेछाप बजार हुँदै ओखलढुङ्गाको सिमानालिखु किनारको साँघुटारबजासम्मपुग्ने करिब ५२ किलोमिटर लामो सो सडक निर्धारित समयमानबन्दायात्रीहरू जोखिमपूर्ण यात्रागर्न बाध्य रहेका रामेछाप नगरपालिका–३ साँघुटारका होतराज ढकालले बताए । अहिले सडकमा जथाभाबी खनेर छाडिएका कारण यातायात साधनचिप्लिएर चल्नै नसक्ने अवस्थामा रहेकाउनको भनाइछ ।
यस विषयमाबारम्बार आयोजनालाई भनेको भएपनिकाममाध्याननदिएको रामेछापका रोशनपाख्रिनले गुनासो गरे ।
यस्तै अवस्था रहने हो भने कहाँगएर ठुलो दुर्घटना हुने हो भन्ननसकिने अवस्था रहेको साँघुटारकै माधव ढकाल बताउँछन् ।
भारतीयएक्जिमबैङ्कको सहयोगमानिर्माण भइरहेको सो सडक निर्माणका जिम्माभारतीयनिर्माण कम्पनीटेलिकम्युनिकेसन इण्डिया लिमिटेड (टीसीआईएल)ले पाएको छ ।सो कम्पनीले नेपालीनिर्माण व्यवसायीलाई कामजिम्मादिएको छ ।
सन् २०२० को नोभेम्बर ११ मा सुरु भएको आयोजना२०२३ को मे १० भित्रकूल १अर्ब ९४ करोड ७१ लाख रुपैयाँमा सक्नुपर्ने गरी सम्झौताभएको थियो । तर निर्धारित समयमाकाम नभएपछि सोहीकम्पनीलाई फेरी १७महिनाको म्यादथप गरिएको छ ।
सडक बिग्रँदा स्थानीयले हैरानखेपेका स्विकार्दै निर्माण कम्पनी टीसीआईएलकाप्रतिनिध डिसीशर्माले तत्कालको लागि सो समस्या समाधानगर्नेबताए ।उनले निर्धारित समयमा सडकको काम पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नागरिकलाई समस्यानहुने गरी कामगर्नेउनले बताए ।सांसदतथाप्रमुखजिल्लाअधिकारीले दिएको निर्देशनअनुसार आफूले कामगर्नेउनले प्रतिवद्धता व्यक्त गरे ।
निर्माण कम्पनीकाइञ्जिनियर अभिषेकशर्माले पनि छिटो भन्दा छिटो काम सक्ने प्रतिबद्धता व्यक्त गरे ।समस्याभएका ठाउँका लागि एउटा मेसिन राखेर काम गरिरहेको बताउँदै ती ठाउँमा ग्राभेललगायतकाकाम गरी सहजबनाउने प्रयत्नगर्नेउनले बताए ।
सडक अनुगमनकालागि सांसद् श्रेष्ठसँगै रामेछाप नगरपालिकाप्रमुखलवश्री न्यौपाने, प्रमुखजिल्लाअधिकारी श्यामकृष्ण थापा, रामेछापकी उपप्रमुखबालाकार्की, दोलखाको लिखु गाउँपालिकाउपप्रमुखअस्मिताथापा, रामेछापका सुरक्षानिकायकाप्रमुखहरू, राजनीतिकदलकानेताहरू, नागरिक अगुवालगायतपुगेकाथिए ।