रूपन्देही-३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै



काठमाडौं, भदौ १२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही-३ मा उम्मेदवार छान्न आज प्राथमिक निर्वाचन (प्राइमरी इलेक्सन) गराइरहेको छ ।

रास्वपाबाट रूपन्देही–३ को प्रतिनिधि सभा उपनिर्वाचनमा उम्मेदवार बन्न ९ जना आकांक्षी रहेका छन्।



सुलभ खरेल, पार्थिवेन्द्र उपाध्यक्ष, डा. लेखजङ्ग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता आकांक्षी छन् । त्यस्तै कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल आकांक्षी छन् ।

मतदाताहरूले ९ जनामध्ये एक जना उम्मेदवारलाई छनोट गर्न पाउनेछन् । ९ जनामध्ये कुनै पनि उम्मेदवार मन परेन भन्न पनि पाउने सुविधा रहेको छ ।

मतदाताले मोबाइल एपमार्फत् मतदान गर्नेछन् । मतदानबिहीबार बिहान ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्म समय निर्धारण गरिएको छ।

प्रकाशित मिति: २०८२ भाद्र १२, बिहीबार १०:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको