कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई



काठमाडौं,भादौ १४ । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री  एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिनका लागि चीन भ्रमणमा गएपछि सिंहलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो । सिंह ओली नेतृत्वको सरकारमा दोस्रो वरियतामा छन्  ।



राष्ट्रपति कार्यालयले सूचना जारी गर्दै प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेल द्वारा सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको रुपमा जिम्मेवारी तोकेको जनाएको छ ।

प्रकाशित मिति: २०८२ भाद्र १४, शनिबार ११:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको