राजविराजमा देखिएन विश्वकर्मा पुजाको रौनक



सप्तरी, असोज १ । विश्वकर्मा पुजा भन्ने वित्तिकै यहाँका विभिन्न टोल, कलकारखाना यातायात व्यवसायी, मोटरग्यारेज तथा कतिपय कार्यालयमा समेत मुर्ती स्थापना र भब्य सजावटका साथ पुजापाठ गरी उत्साहका साथ मनाइने गरिन्थ्यो ।

यस अवसरमा पूजा समितिद्वारा ठाउँ ठाँउमा साँस्कृतिक कार्यक्रमको भब्य आयोजना पनि गरिन्थ्यो । बढी सवारी साधन भएका कतिपय सरकारी कार्यालयमा समेत विश्वकर्मा पूजा धुमधामका साथ मनाइने गरिन्थ्यो । तर यस पटक राजविराजमा यस्तो दृश्य देखिएन । ब्यक्तीगत ढंगले केही यातायात व्यवसायी र यूवाहरुले विश्वकर्मा भगवानको मुर्ती स्थापना गरेर पुजापाठ गरे पनि विगत वर्षहरु जस्तो उत्साह र यस अवसरमा हुने विषेश मनोरंजन र सास्कृतिक जस्ता कार्यक्रमको आयोजना भएन ।



विश्वकर्मा पूजाको अवसरमा गरिने कार्यक्रमको तयारी चलिरहेकै वेला भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा मुलुकको अधिकाँश स्थानमा भएको तोडफोड र आगजनीबाट व्यापक जनधनको क्षती भएको थियो । राजविराज नगरपालिका कार्यालयको मात्रै ३० वटा सवारी साधन जलाइएको थियो । यसका अतिरिक्त सप्तरी जिल्ला अदालत, उच्च अदालत जनकपुर राजविराज इजलाश, नापी, हुलाक लगायतका कार्यालयहरुमा रहेका दर्जनौ सवारी साधनमा तोडफोड र आगजनी गरी कामै नलाग्ने अवस्थामा पु¥याइएको छ ।

वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिने भगवान विश्वकर्माको राजविराज नगरपालिका कार्यालयले पनि विगतमा भब्यताका साथ पुजा आजा गर्दै आएको थियो । तर यस पटक भने सुनसान थियो ।

“एकातिर सरकारले आजको दिनलाई राष्ट्रिय शोकको रुपमा मनाउने घोषणा गरेका छन । अर्काेतीर नगरपालिकामा रहेको सबै सवारी साधन गत भदौ २४ गतेका दिन प्रर्दशनकारीले जलाई दिएका कारण यस पल्ट विगत भैm विश्वकर्मा पुजा मनाइएन, नगरपालिकाको बारुणयन्त्र विभागका कर्मचारी श्याम यादवले भने–देशमा भएको अकल्पनिय घटनाले चाडपर्वको रौनक समेत खोसेको छ ।”

राष्ट्र नै शोकमा परेका बेला यस पल्ट विना तामझाम र कुनै साँस्कृतिक कार्यक्रमको आयोजना न गरी विश्वकर्मा पूजा मनाउने निर्णय भएको सोनार समाजका अगुवा राम अषिश प्रसाद साह स्वर्णकारले बताए ।

माउन्ट यातायात सेवा प्रालिका उपाध्यक्ष दिनेश कुमार गुप्ताले शोकमा डुबेका बेला यस पल्ट पुजा बाहेक मनोरंजनका लागी अन्य कुनै कार्यक्रम नगर्ने निर्णय भएको बताए ।

राजविराजमा लामो समय देखी प्रत्येक वर्ष सुनचाँदी व्यवसायी संघ र कालीगढ समुहले मिलेर आयोजना गर्दै आएको विश्वकर्मा पुजा र साँस्कृतिक कार्यक्रम मध्ये यस पल्ट साँस्कृतिक कार्यक्रम हटाइएको संघका सदस्य वषन्त स्वर्णकारले जानकारी दिए । जेनजी आन्दोलनका क्रममा भएको अकल्पनीय क्षतीको प्रभाव चाड पर्वमा मात्र न परी व्यापार व्यवसायमा समेत परको छ । विश्वकर्मा पुजामा प्रसादका रुपमा प्रयोग गरिने बुनिया, लड्डु तथा अन्य पुजा समाग्री विक्री गर्ने पसलमा पनि विगत वर्षको तुलनामा यसपटक आउने ग्राहकको संख्या निकै घटेको मिष्ठान पसलका संचालकहरुले बताएका छन ।

प्रकाशित मिति: २०८२ आश्विन १, बुधबार १८:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको