सरकार परिवर्तन संगै ४८ जना एसपीको सरुवा



काठमाडौं , असोज १ । सुशिला कार्कीको नेतृत्वमा सरकार परिवर्तन संगै नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)को सरुवा गरिएको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेलगत्तै सरुवा प्रक्रिया अघि बढाएका छन् । सरुवा भएका एसपीहरूको जिम्मेवारी स्थानान्तरण प्रहरी प्रधान कार्यालय मार्फत प्रभावकारी रूपमा लागू हुँदैछ।



सूचीअनुसार कपिलवस्तुमा सन्तोष आचार्य, दाङमा दिपक श्रेष्ठ, पाल्पामा दिपेन्द्र पञ्जियार थारुलाई खटाइएको छ । पर्सामा सुदिपराज पाठक, बाँकेमा अंगुर जिसी, कास्कीमा नवीन कार्की, सुनसरीमा केशव थेवेलाई पठाइएको छ ।

साथै भक्तपुरमा सूर्यबहादुर खड्का, पूर्वी नवलपरासीमा युवराज खड्का र मकवानपुरमा सुवासचन्द्र बोहरालाई खटाइएको छ।

 

प्रकाशित मिति: २०८२ आश्विन २, बिहीबार ०७:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको