‘आमाको सपना’मा डेविड, सबिन, बेनिशा र सरुको स्वर



काठमाडौँ,असोज  ७ । ‘आमाको सपना’ बोलको राष्ट्रिय भावले ओतप्रोत गीतको भिडियो सार्वजनिक गरिएको छ ।

गायकद्धय डेविड शंकर, सबिन सुवेदी र गायिकाद्धय बेनिशा पौडेल, सरु गौतमको स्वर रहेको राष्ट्रिय गीतमा बरिष्ठ साहित्यकार नारद पोखरेलका शब्द शृजना छन् ।



दीपक शर्माको संगीत सृजना रहेको गीतले देशको पछिल्लो अवस्थालाई समेत नजिकबाट चित्रण गरेको गीतकार पोखरेल बताउँछन् ।

पुरुषोत्तमम सुवेदीको एरेन्ज, नरेन्द्र वियोगीको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियोमा रश्मि भट्टसहित गायकद्धय डेविड, सबिनका साथमा गायिकाद्धय बेनिशा र सरुसहित गीतकार पोखरेल, संगीतकार शर्मा तथा सुजिता पोखरेलको अभिनय रहेको छ ।

जन्मभूमिप्रति सर्मपित राष्ट्रिय भाव बोकेको गीतको भिडियोले अब फुटेर नभई जुटेर मात्रै देशको विकाश सम्वभ हुने भावनालाई समेटेको छ । भिडियोले अबको देशको जिम्मेवारी युवाको काँधमा आएको भन्ने सन्देश दिएको छ ।

प्रकाशित मिति: २०८२ आश्विन ७, मंगलवार १७:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको