
एजेन्सी
पटना, असोज ८ । बिहारका उपमुख्यमन्त्री सम्राट चौधरीले बिहार अव लालटेनको राज्य नरहेको बताएका छन । उनले भने ‘ बिहार अब लालटेनको राज्य रहेन , यहाँ निरन्तर विकास भए रहेको छ ।’ कांग्रेसमाथि प्रहार गर्दै उपमुख्यमन्त्री चौधरीले कांग्रेसले देशलाई ५५ वर्षसम्म लुट्यो र आज पनि जनतालाई भ्रममा पार्ने काम गरिरहेको आरोप लगाएका छन ।
चौधरीले भने, “यदि राहुल गाँधी र सोनिया गाँधी बिहार आएर यहाँको सडक–बिजुली अवस्था हेरे भने उनीहरू आफैंले बुझ्नेछन् कि राज्यमा कस्तो जबरदस्त विकास भएको छ।“



सम्राट चौधरीले आज हरेक गाउँसम्म बिजुली, सडक र विकासका योजना पुगेका उल्लेख गर्दै यो सब प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री नीतीश कुमारको सोचको परिणाम भएको उल्लेख गरे।
उपमुख्यमन्त्री चौधरीले कांग्रेससँगै राजदमाथि पनि प्रहार गरेका छन । उनले सन् १९९५ मा भएको घटनाको स्मरण गर्दै भने कि लालु प्रसाद यादवको ग्याङवारमा आफ्नै परिवारका २५ जनालाई जेल पठाइएको थियो र उनको घरसमेत भत्काइएको थियो । उक्त विषयमा मानवअधिकार आयोगले तत्कालीन सरकारलाई जरिवाना गरेको र अन्ततः लालु यादवले माफी माग्नुपरेको चौधरीले स्मरण गराए।

आफूमाथि दर्ता भएका मुद्दाबारे बोल्दै चौधरीले भने, “मेरो विरुद्ध जे–जति मुद्दा दर्ता भएका छन्, ती सबै अभिलेखमा स्थापित र सार्वजनिक छन्।“ उनले कानुनको सम्मान गर्ने बताएका छन् र हरेक छानबिनका लागि तयार रहेको स्पष्ट पारे।
सम्राट चौधरीको यो अभिव्यक्ति त्यस्तो समय आएको हो जब बिहारको राजनीतिमा विपक्ष निरन्तर सरकारमाथि आक्रामक बनेको छ। उनले यसै अवसरमा संकेत गरे कि आउने निर्वाचनमा भाजपाले राज्यमा अझ बलियो रूपमा उपस्थिति जनाउनेछ।