मधेश प्रदेशसभा : काँग्रेस प्रतिपक्षको बेन्चमा



जनकपुरधाम, असोज ८ । बर्तमान सरकारका सहयात्री दल नेपाली काँग्रेस प्रदेश सभामा प्रतिपक्षको बेन्चमा बसेको छ ।

जनमत पार्टीले सरकारबाट फिर्ता हुन निर्देशन दिएपनि विश्वासको मत लिने अडानमा रहेका मुख्यमन्त्री सतिशकुमार सिंहको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेपाली काँग्रेस आजको बैठकमा प्रतिपक्षको बेन्चमा बसेको छ ।



आजै विहान भएको काँग्रेस संसदीय दलको बैठकले सरकारको समर्थनम फिर्ता लिदै मन्त्रीहरुलाई समेत फिर्ता बोलाउने निर्णय गरेको थियो ।
नेपाली काँग्रेसले समर्थन फिर्ता लिएको पत्र प्रदेशसभामा दर्ता गराएपछि प्रतिपक्षमा बस्ने व्यवस्था गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

काँग्रेसको समर्थन फिर्ता संगै मुख्यमन्त्री सिंहको सत्तायात्रा लगभग समाप्त भएको छ । उनले राजिनामा नदिए ३० दिन भित्र विश्वासको मत लिने तर विश्वासको मत प्राप्त नहुने लगभग निश्चित छ ।

प्रकाशित मिति: २०८२ आश्विन ८, बुधबार १४:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको