सर्लाहीका १६ सय भन्दाबढी घर बाढीको डुबानमा



सर्लाही, असोज २० । दुई दिनदेखि निरन्तर परेको अविरल वर्षाले सर्लाहीका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण १६ सय भन्दाबढी घरधुरी डुबानमा परेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बागमती र लखनदेही खोलामा आएको बाढीले मात्र १,६१९ घर प्रभावित भएका छन ्। बागमती नदीको बाढीले बलरा नगरपालिका ३ लक्ष्मीपुरका ७ सय घर, वडा नं. १ छन्कीटोलका ५० घर र वडा नं. ५ का करिब १ सय ५० घरमा पानी पसेको छ।



लखनदेही खोलाको पानी पस्दा मलंगवा नगरपालिका – ५ भाडसरका करिब २ सय घर डुबानमा परेका छन ्। त्यसैगरी कौडेना गाउँपालिका – ७ शिवनगरमा ३ सय ५० देखि ४ सय घर प्रभावित भएको प्रहरीले जनाएको छ। चक्रघट्टागाउँपालिका – ५ पडरियामा पनि बाढी पस्दा २० वटामा टोकाकच्ची घर पूर्ण रूपमा भत्किएका छन्।

उता हरिवन नगरपालिका चिनी मिल क्षेत्रमा पानीको उचित निकास नहुँदा ४० घरमा बाढी पस्नपुगेको छ। बरहथवानगरपालिका – ७ डोमटोलमा सोतीखोलाको पानी पस्दा करिब १५ घर डुबानमा परेका छन् ।

यस्तै, कौडेना गाउँपालिका–३ र ५ मा लखनदेहीखोलाको पानीपस्दा ४० घर डुबानमा परेका छन् भने कविलासीनगरपालिका – ८ अगर्वामा झिमखोलाले १४ घर प्रभावितबनाएको छ। गोडैतानगरपालिकामा समेत कयौ घरमा पानि पसेको छ।

प्रहरीकाअनुसार हालसम्मठूलो जनधनको क्षतिनभएपनि स्थानीयहरू सुरक्षित स्थानमा सारिएको र राहतको तयारी भइरहेको छ। कौडेना गाउँपालिका – ३ स्थितलखनदेहीखोलामाआएको बाढीले हुलाकी सडकबगाउँदाजिल्लाको पश्चिम क्षेत्र र सदरमुकाममलंगवासँगको सम्बन्धविच्छेद भएको छ।

बाढीले राजमार्गको करिब १५० मिटर पक्की सडकबगाएपछि स्थानीयलाई सदरमुकाम सम्म आउजाउ गर्न लामो वैकल्पिकमार्ग प्रयोग गर्नु पर्ने अवस्थाआएको छ।

प्रकाशित मिति: २०८२ आश्विन २०, सोमबार १०:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको