दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली



काठमाडौं,असोज  २१ । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि दक्षिण सुडानको संयुक्त राष्ट्रसंघीय मिसनमा सहभागी भएका नेपाली शान्ति सैनिकहरुको अदलीबदली गरिएको छ ।

मंगलबार मिसनमा सहभागी श्रीनाथ गणको १४ औँ डफ्फाका शान्ति सेनालाई बदली गर्नको लागि नयाँ गोरख गणको १५ औँ डफ्फाका १७५ जना शान्ति सैनिकहरू मिसन इलाका प्रस्थान गरेका हुन् ।



त्यस्तै, उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका १७६ जना नेपाली शान्ति सैनिकहरू सोमबार स्वदेश फिर्ता भएका थिए ।

हाल उक्त मिसनमा नेपाली सेनाका १ हजार ७ सय ५७ जना शान्ति सैनिकहरू कार्यरत छन् ।

 

 

प्रकाशित मिति: २०८२ आश्विन २१, मंगलवार १५:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको