भोजपुरी अभिनेता तथा युट्युबर मनी मेराज पटना बाट पक्राउ



एजेन्सी
पटना, असोज २२ । यूपीको गाजियाबाद जिल्ला अन्तर्गत खोड़ा प्रहरीले भोजपुरी फिल्मका अभिनेता, आइपीएल कमेन्टेटर तथा चर्चित युट्युबर मनी मेराजलाई पटना बाट पक्राउ गरेको छ । मनी मेराजमाथि एक महिला युट्युबरले बलात्कार, धर्म परिवर्तन, गर्भपतन र ठगी जस्ता गम्भीर आरोप लगाएकी छिन्।

प्रहरीका अनुसार, यो मुद्दा पछिल्ला तीन वर्षदेखि चलिरहेको थियो । आरोपअनुसार मनी मेराजले सम्बन्धका नाममा महिलालाई झुक्याई शारीरिक शोषण गरे, धर्म परिवर्तनको दबाब दिए र लाखौं रुपैयाँ ठगी पनि गरे।



प्रहरी स्रोतका भनाइअनुसार, पीडित महिला र आरोपीबीच पहिलो सम्पर्क सोसल मिडियामार्फत भएको थियो । दुवैबीच मित्रता भएपछि उनीहरूले सँगै भिडियो बनाउने काम गर्थे । तर केही समयपछि उनीहरूको सम्बन्ध बिग्रँदै गयो ।

महिलाको आरोप अनुसार, मनी मेराजले विवाहको प्रलोभन देखाएर उनको बलात्कार गरे र धर्म परिवर्तनका लागि जोरजबरजस्ती गरे । साथै उनले आर्थिक कारोबारमा पनि ठगी गरेको दाबी गरेकी छिन्।

प्रकाशित मिति: २०८२ आश्विन २२, बुधबार ०७:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको