
बाजुरा , असोज २२ । नेपालीहरुको महान चाड दशैँ सकिएसँगै सुनसान बनेको मार्तडीमा चहलपहल बढेको छ । दशैँ मनाउन घर गएका स्थानीय बजार फर्कन थालेपछि सुनसान बनेको मार्तडीमा चहलपहल बढेको हो ।
बडादशैँको बिदा सकिएसँगै सरकारी कार्यालयहरू सञ्चालनमा आएपश्चात् चलहपहल शुरु भएको हो । जिल्ला प्रशासन कार्यालय सहित अन्य सरकारी कार्यालय त्यस्तै बजारभर चहलपहल शुरू भएको छ ।



यस वर्ष असोज १६ गते दशैँको टीका रहेको थियो । त्यसपछिका ५ दिन कोजाग्रत पूर्णिमासम्म दशैँको टीका लगाउने गरिन्छ । फूलपातीदेखि द्वादशीसम्म सरकारले सार्वजनिक बिदा दिएको थियो ।
दशैँमा सुनसान बनेको सदरमुकाम मार्तडीमा दशैं पश्चात् चहलपहल बढेको गैरी बजार स्थित आरजी प्रिन्टिङ हाउसका सञ्चालक व्यवसायी राम बहादुर रोकायले बताए । दसैं मनाउन टाढाटाढा घर गएको स्थानीय व्यवसायी बजार फर्किएपछि चहलपहल बढेको रोकायाको भनाई छ ।
