
बाजुरा, असोज २२ । बाजुरामा जिप दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । बुधबार दिउँसो बाजुराको जगन्नाथ गाउँपालिका वडा.नम्बर १ गेडेखोलास्थित कर्णाली करिडोरमा दुर्घनामा परेको हो ।
ग्यारेजमा जिप मर्मत गरि सडकमा ल्याएर चेकजाँच गर्ने क्रममा जिप एक्कासी अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सुचना अधिकारी देववहादुर चौतरीले बताए ।



उनका अनुसार स्वामिकार्तिक खापरगाउँपालिका वडा नम्बर दुई बस्ने अन्दाजी २६ बर्षका दिल बहादुर बुढाले चलाएको सु.प.प्र.०१–००१ ज १२३२ नम्बरको जिप अनियन्त्रित भई पल्टिएको बताएका छन्।
जिप सडकबाट करिब ७५ मिटर तल खसेको हो । दुर्घटनामा परि दुई जना घाईते भएका छन् भने चालक सकुशल रहेका छन्। घाईते हुनेमा गौमुल गाउँपालिकाका अन्दाजी १८ बर्षका सन्तोष बोहरा र वतन नखुलेका खुदिर कुमार ग्यारेजको मिस्त्री रहेका छन्।

घाईते दुबै जनाको हात,खुट्टा र टाउकोमा चोट लागेको र उपचारको लागी कोल्टी आधारभूत अस्पताल ल्याईएको बताईएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।