
जनकपुरधाम, असोज २२ । आफनै पार्टीबाट बहिस्कृत भएका मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको मधेश सरकारबाट एमाले पनि बाहिरिएको छ ।
आफनै दल जनमत र काँग्रेसले समर्थन फिर्ता लिएको सकेको मधेश सरकारबाट बुधवार एमालेले पनि समर्थन फिर्ता लिएको छ ।
अल्पमत परि सकेका सिंह नेतृत्वको सरकारलाई असोज २८ गते भित्र विश्वासको मत लिनु पर्ने बाध्यात्मक अवस्था रहे पनि मुख्यमन्त्री सिंह राजिनामा दिन नमानेपछि एमालेले समर्थन फिर्ता लिएको स्रोतले जनाएको छ।



समर्थन फिर्ता पछि संचारकर्मीैहरु संग कुरा गर्दै एमाले मधेश प्रदेशका अध्यक्ष अवको सरकार काँग्रेसको नेतृत्वमा बन्ने दावी गरेका छन ।
उनले काँग्रेस एमाले र जनमत बीच सरकार गठनको सहमति भै सकेको दाबी समेत गरेका छन ।
तर एमालेको समर्थन फिर्ता सम्बन्धि कुनै औपचारिक पत्र भने समाचार तयार गर्दा सम्म सार्वजनिक भएको छैन ।
