आर्थिक संकटमा संयुक्त राष्ट्र संघ



काठमाडौं, माघ २८ । संयुक्त राष्ट्रसंघ अमेरिकाबाट अपेक्षित भुक्तानी नआउँदा आर्थिक संकटको सामना गरिरहेको छ।

महासचिव एन्टोनियो गुटेरेसले सबै सदस्य राष्ट्रले समयमै शुल्क तिर्न नसकेको र सङ्गठनका वित्तीय नियममा सुधार नआएमा संयुक्त राष्ट्र गम्भीर आर्थिक सङ्कटमा पर्न सक्ने चेतावनी दिएका छन्।



संयुक्त राष्ट्रका अधिकारीहरूका अनुसार, अमेरिकाले नियमित सञ्चालन बजेटका लागि करिब दुई अर्ब डलर तिर्न बाँकी छ, जसमा यस वर्षको सात करोड ६७ लाख डलर पनि समावेश छ। साथै, शान्ति स्थापना कार्यका लागि छुट्टै बजेटमा पनि ठूलो रकम बाँकी रहेको छ।

अमेरिकी प्रतिनिधित्वले आगामी केही हप्ताभित्र बाँकी रकमको आंशिक भुक्तानी गर्ने योजना बनाएको जनाएको छ। यस विषयमा महासचिव गुटेरेस र अमेरिकी अधिकारीबीच निरन्तर सम्पर्क जारी छ।

महासचिव गुटेरेसका अनुसार यदि आवश्यक रकम समयमै प्राप्त भएन भने, यस वर्ष जुलाईसम्म नियमित बजेट सकिनेछ र यसले सङ्गठनका गतिविधिमा गम्भीर असर पार्न सक्छ।

संयुक्त राष्ट्रका अधिकारीहरूले नियमित बजेटतर्फको अधिकांश बक्यौता अमेरिकाकै हिस्सामा रहेको र हालसम्म करिब ६० देशले तोकिएको समयमा आफ्नो वार्षिक शुल्क भुक्तानी गरिसकेको जानकारी दिएका छन्।

प्रकाशित मिति: २०८२ माघ २८, बुधबार ०९:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको