काठमाडौं, फागुन ४ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ। आइतबार उच्च वृद्धि देखिएको सुनको भाउ आज प्रतितोला ३ हजार रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ। आइतबार भने यही सुन ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी चाँदीको भाउ पनि घटेको छ। चाँदी प्रतितोला १ सय २५ रुपैयाँले ओरालो लाग्दै ४ हजार ८ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी ४ हजार ९ सय ८५ रुपैयाँमा किनबेच भएको थियो।








