काठमाडौँ, चैत २ । सोमबार सेयर बजार नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९८ अंकमा झरेको छ। कारोबार रकम १४ अर्ब ३५ करोडबाट घटेर ११ अर्ब ९७ करोडमा सीमित भएको छ।
आज बजारमा ४८ कम्पनीको मूल्य बढ्दा २११ कम्पनीको मूल्य घटेको छ, जबकि ४ कम्पनीको मूल्य स्थिर रह्यो। उत्पादन तथा प्रशोधन समूहबाहेक सबै समूहको सूचक घटेको छ। उत्पादन तथा प्रशोधन समूहको सूचक भने ०.२५ प्रतिशतले बढेको छ।
समूहगत सूचक घटबढमा बैंकिङ १.६१ % , विकास बैंक ०.८४% , फाइनान्स ०.७१% , होटल तथा पर्यटन ०.२६% , लगानी १.५२ %, जीवन बीमा ०.९४% , माइक्रोफाइनान्स ०.७५ %, निर्जीवन बीमा ०.४५%, अन्य १.०९% , व्यापार समूह ०.२१% रहेको छ ।
आज ५ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। ती कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स , साल्पा विकास बैंक, अपर हेवाखोला, सोलु हाइड्रोपावर,
होटल फरेस्ट इन, त्यस्तै, पिपुल्स हाइड्रोपावर ६ .५१५, सिन्धु विकास बैंक ६.३३ ५ र नेसनल हाइड्रोपावर ५.३६५ ले बढेको छ।
सबैभन्दा धेरै मूल्य घटेको कम्पनी भने नारायणी डेभलपमेन्ट बैंक ४.१८% हो। त्यसपछि ग्रिनलाइफ हाइड्रोपावर ३.९८% ले घटेको छ।
आज धेरै कारोबार भएका कम्पनीहरूमा आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर, अपर हेवाखोला, एसवाई प्यानल र रिडी पावर प्रमुख रहेका छन्।






