रास्वपाका नवनिर्वाचित सांसदलाई आज रवि लामिछानेको सम्बोधन



काठमाडौं, चैत ४ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नवनिर्वाचित सांसदहरूका लागि सञ्चालन भइरहेको आवासीय अभिमुखीकरण कार्यक्रममा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्।

ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा जारी अभिमुखीकरण कार्यक्रममा आज सभापति लामिछानेको सम्बोधन तय गरिएको हो।

मंगलबारदेखि सुरु भएको उक्त कार्यक्रममा सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहभागी हुन सकेका थिएनन्।

आज भने कार्यक्रमको समापन सत्रमा दुवै नेता सहभागी हुँदै सांसदहरूलाई मार्गदर्शन गर्ने कार्यक्रम रहेको छ।

रास्वपाले नवनिर्वाचित सांसदहरूको क्षमता अभिवृद्धि तथा संसदीय भूमिकाबारे जानकारी दिन अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो।

प्रकाशित मिति: २०८२ चैत्र ४, बुधबार ०७:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको