सप्तरीबाट हराएका दुई बालिकाको दिल्लीबाट सकुशल उद्धार



सप्तरी, असोज १९। सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–८ जोगिनियाँबाट हराएका दुई बालिकालाई प्रहरीले भारतको नयाँ दिल्लीबाट सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको छ।

जोगिनियाँकी १६ वर्षीया अनिसा कुमारी यादव र सोही उमेरकी बबिता कुमारी गोठिया गत भदौ ११ गतेदेखि सम्पर्कविहीन भएका थिए। उनीहरू हराएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालय सप्तरीमा खोजतलासका लागि निवेदन दिएका थिए।

निवेदनपछि प्रहरीले खोजी सुरु गरेको थियो। अनुसन्धानका क्रममा दुवै बालिका भारतको नयाँ दिल्लीमा रहेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले त्यहाँस्थित ‘किङ इन्डिया’ संस्थासँग समन्वय गरेको थियो।

समन्वयपछि संस्थाका निर्देशक नवीन जोशीले दुवै बालिकालाई नेपाल ल्याई जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएका थिए। प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार आवश्यक समन्वय र प्रक्रियापछि बालिकाहरूलाई आइतबार साँझ परिवारको जिम्मा लगाइएको हो।

प्रहरी कार्यालयमा ल्याइएका दुवै बालिकाका अभिभावकलाई बोलाएर आवश्यक प्रक्रिया पूरा गरेपछि उनीहरूलाई सुरक्षित रूपमा परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ आश्विन १९, सोमबार १५:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको