जनकपुरधाम, असोज २१ । नेपाली कांग्रेस इत्तर समूहको जनकपुरधाम उपमहानगर अध्यक्षमा राकेश विक्रम साह सर्वसम्मत चयन भएका छन ।
जनकपुर उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित १५ नगर अधिवेशन बाट साह सर्वसम्मत निर्वाचित भएका हुन । उनका साथै उपसभापतिमा राकेश कुमार पाठक सुभाष र सचिवमा शिवरत्न दास समेत सर्वसम्मत चयन भएका हुन ।
प्रत्येक वडा अध्यक्ष पदेन सदस्य रहने नगर समितिका लागि बाँकी पदाधिकारी एवं सदस्यहरुको पछि चयन गरिने जनाइएको छ ।
नगर अधिवेशनमा २५ वटै वडाबाट नगर अधिवशेन प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
साहकै अध्यक्षतामा भएको नगर अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि पूर्व केन्द्रिय उपसभापति विमलेन्द्र निधि रहेका थिए । उनका साथै कार्यक्रममा जिल्ला संयोजक कोमलकान्त झा, पूर्व जिल्ला अध्यक्ष स्मृति नारायण चौधरी, क्षेत्रीय सभापति, स्वतन्त्रता सेनानी राम भरत साह सहितको उपस्थिति रहेको थियो ।






