एकैदिन सुनको मूल्यमा भारी गिरावट



काठमाडौँ मंसिर ४ । नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १२ हजार २ सय रुपैयाँले घटेको छ । मूल्य घटेसँगै आज सुन प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ५७ हजार ६ सय रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ । आज चाँदी प्रतितोला २३५ रुपैयाँले घटेर ३ हजार ११० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।बिहीबार चाँदी प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: २०८३ मंसिर ४, शुक्रवार १५:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको