भारत भ्रमणमा जाने प्रधानमन्त्रीको प्रस्ताव स्वीकृत



काठमाडौँ मंसिर ४ । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई मन्त्रिपरिषद्ले औपचारिक स्वीकृति दिएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमणलाई अनुमोदन गर्ने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिएका हुन् ।

बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री शाह आगामी मंसिर ६ र ७ गते दुई दिने राजकीय भ्रमणका लागि भारत जाने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: २०८३ मंसिर ४, शुक्रवार १४:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको