मधेशमा नयाँ सरकार गठन अन्योलमा, मुख्यमन्त्री बन्न दुई सरोज यादवबीच प्रतिस्पर्धा



काठमाडौँ मंसिर ४ । मधेश प्रदेशमा नयाँ सरकार गठनको विषय अझै टुंगोमा पुग्न सकेको छैन । मुख्यमन्त्री चयनमा दलहरूबीच सहमति नजुट्दा प्रदेशको सत्ता समीकरण अन्योलमा परेको छ ।

संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा शुक्रबार अपराह्न ४ बजेसम्म मात्रै छ ।

सरकार गठनका लागि जसपा नेपाल, एमाले, नेपाली कांग्रेस र नेकपाबीच विभिन्न चरणमा छलफल भइरहे पनि मुख्यमन्त्रीको उम्मेदवार टुंग्याउन दलहरू असफल देखिएका छन् । एमाले र नेकपाले जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री बनाउने पक्षमा देखिएका छन् भने कांग्रेसले एमालेका सरोजकुमार यादवको नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव अघि सारेको छ ।

यसैबीच सत्ता समीकरणबारे थप छलफल गर्न जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, संरक्षक महन्थ ठाकुर र सहअध्यक्ष शरतसिंह भण्डारी शुक्रबार बिहान जनकपुरधाममा बैठक बस्ने तयारीमा छन् । १०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ । जसपा नेपाल, एमाले र नेकपा मिल्दा ६६ सांसद पुग्नेछन् भने जसपा नेपाल, कांग्रेस र जनमत पार्टीबीच गठबन्धन बने ६२ सांसदको समर्थन जुट्नेछ ।

दलहरूबीचको अन्तिम सहमति र मुख्यमन्त्रीको नाम टुंगो लाग्न नसक्दा मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया पेचिलो बनेको छ ।

प्रकाशित मिति: २०८३ मंसिर ४, शुक्रवार १५:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको