काठमाडौँ मंसिर ५ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमाथि भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई संरक्षण गरेको आरोप लगाएका छन्।
शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राज्यले खुलेआम भ्रष्टाचार गर्नेलाई संरक्षण गर्ने तर भ्रष्टाचारविरुद्ध आवाज उठाउनेहरूलाई विभिन्न बहानामा कारबाही गर्ने प्रवृत्ति देखिएको टिप्पणी गरे।
प्रचण्डले सरकारको यस्तो कार्यशैलीविरुद्ध नयाँ संकल्पका साथ अघि बढ्ने बताएका छन्। जनतालाई वर्तमान अवस्थाबारे बुझाउन नसके मुलुक फेरि अर्को संकटमा फस्न सक्ने उनको चेतावनी छ। उनले संविधानमाथि हस्तक्षेप भए देशमा पुनः राजनीतिक दुर्घटना निम्तिन सक्ने धारणा पनि व्यक्त गरे।
त्यस्तै, अर्को प्रसंगमा प्रचण्डले विश्व पुनः मार्क्सवादतर्फ आकर्षित भइरहेको दाबी गर्दै युरोपमा देखिएका घटनाक्रम त्यसका संकेत भएको बताए।



