काठमाडौँ मंसिर ८ । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले बहुमत प्राप्त गरेकाले पाँच वर्षसम्म सरकार सञ्चालन गर्ने अवसर दिनुपर्ने बताउनुभएको छ। कांग्रेसले सरकारमा सहभागी हुनेभन्दा पनि प्रतिपक्षमा बसेर प्रभावकारी भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ।
पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले रास्वपालाई सरकार सञ्चालन गर्न दिनुपर्ने विषयमा कांग्रेस स्पष्ट रहेको बताउनुभयो।
सरकारमा पुग्ने उद्देश्यले अन्य प्रतिपक्षी दलहरूसँग गठबन्धन गर्ने वा राजनीतिक समीकरण बनाउने पक्षमा कांग्रेस नरहेको पनि उहाँले स्पष्ट पार्नुभयो। बैठकमा थापाले मुलुकका लोकतान्त्रिक संस्थाहरूको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले लोकतान्त्रिक संस्थाहरू अस्तित्वमा रहे पनि तिनको प्रभावकारिता र भूमिकामाथि प्रश्न उठिरहेको टिप्पणी गर्नुभयो।
लोकतान्त्रिक व्यवस्थाका संस्थाहरूको संरक्षण अहिलेको आवश्यकता भएको उल्लेख गर्दै उहाँले जवाफदेही नेतृत्वसहितको सशक्त कांग्रेस निर्माण गर्ने योजना अघि बढाउन लागिएको जानकारी दिनुभयो।



