सर्लाहीमा पोखरीमा डुबेर बालकको मृत्यु



सर्लाही मंसिर ८ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, निमटोलमा पोखरीमा डुबेर साढे दुई वर्षीय बालकको मृत्यु भएको छ। सोमबार दिउँसो भएको उक्त घटनामा चक्रघट्टा गाउँपालिका–३, सुन्दरपुर निवासी अवलैश शेखका छोरा गौसे आजमको ज्यान गएको हो। उनी हजुरबुवाको घर निमटोलमा बस्दै आएका थिए।

छिमेकी फनु रायको पोखरीमा बालक डुबिरहेको अवस्थामा उनकी आमा फिरजाना खातुनले देखेकी थिइन्। त्यसपछि उनले तत्काल बालकलाई पोखरीबाट बाहिर निकालेर उपचारका लागि गाउँकै गुरु दयाल क्लिनिक पुर्‍याएकी थिइन्।

तर, क्लिनिकमा पुर्‍याउँदा चिकित्सकले बालकलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले जानकारी दिनुभयो। मृतक बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ मंसिर ८, मंगलवार १३:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको