शङ्खपार्कमा एक पुरुषको शव फेला



काठमाडौँ । काठमाडौँको शङ्खपार्कमा एकजना पुरुषको शव फेला परेको छ । अन्दाजी ३५ वर्षीय पुरुषको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आज शङ्खपार्कमा एक पुरुषको शव भेटिएको छ, पहिचान खुलेको छैन, शव पहिचानका लागि अनुसन्धान गरिरहेका छौँ ।” शवपरीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रवक्ता अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति: २०८१ बैशाख २४, सोमवार १८:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको