अत्याधिक गर्मीले रौतहटमा विद्यार्थी बेहोस



ओम प्रकाश यादव
रौतहट । अत्याधिक गर्मीका कारण रौतहटको एक विद्यालयका विद्यार्थीहरू बेहोस भएका छन्। जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर १ पथरामा रहेको माद्यामिक विद्यालयमा पढ्ने तिन जना विद्यार्थी गर्मीले बेहोस भएका छन ।

आज बिहानैदेखि चर्को घाम लागिरहेको छ । चर्को घामका कारण अत्याधिक गर्मी भइ बेहोस भएका तिनै जना विद्यार्थीको उपचार प्रादेशिक अस्पताल गौरमा भइरहेको छ । आज बिहान १० बजे विद्यालयमा पढ्न आएका तिनै जना विद्यार्थी गर्मिका कारण दिउँसो १२ बजेको समयमा एक्कासी बेहोश भएका थिए ।

उनीहरुको अवस्था सामान्य रहको प्रादेशिक अस्पताल गौरले जनाएको छ । असोज महिनामा समेत अत्याधिक गर्मी हुँदा रौतहटको जनजीवन प्रभावित बनेको छ । बिहान देखि बेलुकासम्म लाग्ने गरेको चर्को घामका कारण घर बाहिर निसक्न समस्या हुने गरेको गरुडाका किशोरी साहले बताए । गर्मीका कारण सबबन्दा बढी बृद्धबृद्धा र बालबालिका प्रभावित भएका छन ।

गर्मीका कारण अझै विद्यार्थी बेहोस हुने अवस्था रहेकोले केही दिनका लागि निजि र सामुदायिक विद्यालयहरुमा गर्मी बिदा गरिदिन अभिभावकहरुले विद्यालय प्रशासनलाई आग्रह गरेका छन्।

 

 

प्रकाशित मिति: २०८१ आश्विन ७, सोमवार १४:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको