राराब पछि राजर्षि जनक विश्वविद्यालयमाथि माफियाको नजर



जनकपुरधाम, माघ ७ । मुलुककै नमूना क्याम्पसहरु मध्येका एक राम स्वरुप राम सागर बहुमुखि क्याम्पस पछि जनकपुरधामका केही शैक्षिक माफियाहरुको नजर राजर्षि जनक विश्वविद्यालयमाथि रहेको छ ।

संघ सरकारले प्रत्ययेक प्रदेशमा एउटा विश्व विद्यालय खोल्ने क्रममा राजर्षि जनक विश्व विद्यालय स्थापना हुना साथ जनकपुरधामका केही शैक्षिक माफियाहरु पहिला त्यो विश्व विद्यालय सञ्चालनमै अवरोध गरेका थिए अहिले आएर दैनिक जसो आन्दोलन लगायतका काम गरेर त्यहाँ हुने गरेको पठन पाठनमा अवरोध खडा गर्दै आएका छन् ।

सरकारले निजी स्तरमा क्याम्पस सञ्चालन गर्न पाउने ल्याएका प्रावधान अनुरुप यहाँका केही व्यवसायीहरुले सञ्चालन गरेको निजी कलेजमा विद्यार्थी भर्ना गराउनकालागि राराब क्याम्पसमा दैनिक जसो आन्दोलन, तालाबन्दी हुने गरेका थिए । राराबमा दैनिक हुने गरेका ती कामहरु अहिले राजर्षि जनक विश्व विद्यालयमा हुने गरेको छ । राराब क्याम्पसमा पढाउने प्रध्यापकहरु पैसाको प्रलोभनमा परेर निजी कलेज जाने तर सरकारी स्तरमा सञ्चालनमा रहेको राराब कलेजमा हाजिर गरेर महिनाको महिना मात्रै तलव खाने अवस्था अहिले सम्म जारी छ ।

कक्षा १२ देखि उच्च शिक्षा सम्म पढाइ हुने राराब कलेजमा नामकालागि मात्रै अध्ययन र अध्यापन हुने गरेका छन् ।
सरकारले जनकपुरधाममा राजर्षि जनक विश्व विद्यालय स्थापना गरेपछि यहाँ शिक्षक भर्ना गर्दा ती कलेजमै पठन पाठन गराउने शिक्षकहरुले नियुक्ति पाए । ती शिक्षकहरु विभिन्न बाहानामा पठन पाठन अवरोध गरेर ती निजी कलेजको बातावारण बनाउन मलजल गरे । यहाँका राजनीति कर्मीहरु मात्रै जस लिनकालागि आपूmले विश्व विद्यालय स्थापना गराएको दावी गर्ने तर विश्व विद्यालयमाथि भने कसैले कुनै चासो नलिने गरेको विद्यार्थीहरुको भनाई छ ।

राजर्षि जनक युनिभर्सिटिले यहाँका कलेजहरु भन्दा पनि कम शुल्क लिने गरेका कारण ती कलेजहरुले सम्वन्धन प्राप्त गरेका संकायमा अहिले तोकिएको विद्यार्थी संख्या समेत पुग्न सकेको छैन् ।

शिक्षा व्यवसायीहरु अहिले राजर्षि जनक विश्व विद्यालयका केही प्रध्यापक र केही विद्यार्थीहरुमाथि भरपूर लगानी गरिरहेको आरोप विद्यार्थीहरुले नै लगाएका छन् । आपूmलाई कथाकथित विद्यार्थी नेता भन्नेहरु आ–आफ्ना अध्ययन छाडेर अहिले त्यहाँ राजनीतिलाई निरन्तरता दिनु भनेको राजर्षि जनक विश्व विद्यालयलाई धरासाही बनाउन लागेको विद्यार्थीहरुकै आरोप छ ।

वर्षेणी हजारौंको संख्यामा यहाँका तल्ला कक्षा देखि उच्च कक्षा सम्मका विद्यार्थीहरु काठमाडौं देखि विदेश सम्म जाने गरेका छन् । जव कि यहाँको राराब कलेज र राजर्षि जनक विश्व विद्यालयले मात्रै ती विद्यार्थीहरुलाई पठन पाठन गराउन सक्छ त्यो पनि न्यून शुल्कमा । यहाँका शैक्षिक माफियाको नजरबाट राजर्षि जनक विश्व विद्यालयलाई जोगाउन विद्यार्थीहरुले जनकपुरधामबासी तथा मधेश प्रदेशबासी संग आग्रह गरेका छन् ।

प्रकाशित मिति: २०८१ माघ ७, सोमवार १६:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको