महावाणिज्य दूतावासमा मनाइयो ७६ औं गणतन्त्र दिवस



वीरगञ्ज, माघ १३ । भारतको महावाणिज्य दूतावास, बीरगञ्जले भारतको ७६ औं गणतन्त्र दिवस वीरगञ्ज स्थित दूताबास परिसरमा मनाएको छ ।

आज बिहान ९ बजे भारतको राष्ट्रिय झण्डा फहराइएको थियो भने भारतको राष्ट्रिय गान गाइएको थियो । महावाणिज्य दूत श्री डी.एस. मीनाले भारतका राष्ट्रपतिको पठाएको सन्देश पढेर समेत सुनाएका थिए ।

सो अवसरमा बीरगञ्जका ११ वटा विद्यालय र कलेजका एक सय भन्दा बढी विद्यार्थीहरूले भारतीय देशभक्तिपूर्ण गीत र नृत्यहरूमा मनमोहक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको महावाणिज्य दुताबासले जनाएको छ ।

भारत सरकारको विदेश मन्त्रालयद्वारा ११ नोभेम्बर देखि ११ डिसेम्बर २०२४ सम्म आयोजित पाँचौं भारतको जानिए क्विजका विजेताहरू तथा गणतन्त्र दिवसको पूर्वसन्ध्यामा वाणिज्य दूतावासद्वारा आयोजित चित्रकला प्रतियोगिताका विजेताहरूलाई पनि सम्मान गरिएको थियो ।

बारा र पर्सा जिल्लाका सरकारी पदाधिकारीहरू, उद्योगपतिहरू, व्यवसायीहरू, छापा तथा इलेक्ट्रोनिक मिडियाका पत्रकारहरू, विद्यालयका शिक्षकहरू, विद्यार्थी, नागरिक समाज र नेपाल–भारत मैत्री संघका सदस्यज्यूहरू, वाणिज्य दूतावासका अधिकारी÷कर्मचारी र उनीहरूका परिवारका सदस्यहरू सहित विभिन्न क्षेत्रका लगभग चार सय जना व्यक्तिहरूले गणतन्त्र दिवस समारोहमा उत्साहका साथ सहभागी भएका थिए ।

प्रकाशित मिति: २०८१ माघ १३, आइतवार १७:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको