जनकपुरधाम, माघ १६ । जनकपुरधामस्थित सँचालनमा रहेको एजुकेशन प्वान्ट स्कूलको बस दुर्घटनामा परेको छ ।
विद्यार्थी ल्याउन जनकपुरबाट धनुषाको मिथिलाबिहारी नगरपालिकाको सदरमुकाम तारापट्टि तर्फ जाँदै गरेको स्कूल बस दुर्घटनामा परेको हो ।
आज विहान विद्यार्थी लिनको लागि जाँदै गरेको बस हुस्सुको कारण दुर्घटना भएको बताईएको छ । तारापट्टि र ठेराकोबीचमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरी प्रवक्ता बरुण बहादुर सिँहका अनुसार सो दुर्घटनामा ४ विद्यार्थी घाईते भएका छन् । एक जनाको अवस्था मध्यम रहेको छ भने बाँकी तीनलाई चोटपटक लागेको छ ।
बस चालकले बाक्लो हुस्सुमा पनि ओभर स्पीड चलाएपछि बाटो नदेखेर खेतमा पल्टिएको स्थानीयहरुको प्रतिक्रिया थियो । विद्यार्थीहरुलाई जनकपुरको अस्पतालमा उपचार भईरहेको छ ।






