जिप दुर्घटनामा ३ जनाको मृत्यु



काठमाडौँ, माघ १७ । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर–७ मा सुमो दुर्घटना भएको छ । ना. १ ज ६४२१  नम्बरको सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको ओखलढुङ्गाका डीएसपी कृष्ण खड्काले रातोपाटीलाई बताए ।

सुमो खोटाङको दिक्तेलबाट बिरामी बोकेर काठमाडौँ आउँदै गरेको अवस्थामा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर मृत्यु हुनेमा खोटाङको कोपिलासगढी गाउँपालिका घर भएका मायादेवी गुरुङ सहित ३ जना छन् ।

प्रकाशित मिति: २०८१ माघ १७, बिहिवार १२:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको