जनकपुरधाम, माघ १७ । पूर्वराजाज्ञानेन्द्र शाह गोरखपुर यात्रामा निस्केका छन । उत्तर प्रदेशमा अवस्थित गोरखनाथ मन्दिरकोदर्शनका लागि उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । शाहका संवाद सचिव फणीराजपाठकका अनुसार भैरहवाबाट स्थलमार्ग हुँदै बिहीबार दिउँसो २ बजे गोरखपुरको यात्रामानिस्केका हुन। पूर्वराजा शाह केही दिनदेखि भैरहवामा थिए । भैरहवाबाटैगोरखपुर गएका उनी त्यही बाट काठमाडौं फिर्ता हुने कार्यक्रम छ । गोरखपुर मन्दिरकोदर्शन र पूजाआजाका लागि उनी त्यहाँ जान लागेका हुन् ।
भोलि (शुक्रबार) शाहले गोरखपुर मन्दिरमापूजाआजा गर्नेछन् । शाहसँगै पूर्वरानी कोमल राज्यलक्ष्मी शाह पनि गोरखपुरजानेछिन् । पूजाआजा बाहेकका अन्य कुनै कार्यक्रम नभएको पाठकले बताए ।
यद्यपि, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पनिभेट हुनसक्ने बताइएको छ ।
‘गोरखनाथको पुजारी आदित्यनाथजी हो । उहाँ पनित्यहाँ जानुभयो भने भेट हुन पनि सक्छ,’ पाठकले थप प्रष्ट पार्दै भने, ‘खास सवारीकोउद्देश्य चाहिँ गोरखनाथमा पूजा गर्ने हो ।’
हाल भारतीय जनता पार्टीका तर्फबाट मुख्यमन्त्री रहेकायोगी लामो समय गोरखनाथ मन्दिका मुख्य पुजारी थिए ।
पूर्वराजा शाह कति दिन गोरखपुर रहने भन्नेबारेअहिले यकिन भइसकेको छैन ।
‘आज प्रस्थान गर्नु भएको हो । कति दिन राज हुन्छ भन्ने मलाई थाहा छैन,’ उनले भने ।
गोरखनाथ मन्दिरमा पूर्वराजाले खिचडी चढाउनेपरम्परा छ । सोही परम्पराको निरन्तरता दिँदै उनी गोरखपुर जान लागेका हुन् । भोलिशुक्रबार मन्दिरमा खिचडी चढाउने कार्यक्रम छ ।




