मोटरसाइकलको ठक्करबाट वृद्वाको मृत्युु



अछाम, माघ १७ । कमलबजार नगरपालिका–१ मोटरकाट्यमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

कमल बजारबाट तुर्माखाँद जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००८ प ४०३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ७२ वर्षीया मैसरा ढकालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख ईश्वरीप्रसाद भण्डारीले बताउनुभयो ।

मोटरसाइकल चालक तुर्माखाँद गाउँपालिका–५ का २३ वर्षीय लक्ष्मणबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: २०८१ माघ १७, बिहिवार १४:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको