मोटरसाइकल र गाडी ठोक्किँदा एक जनाको मृत्यु



काठमाडौं, माघ २२ । चन्द्रागिरि नगरपालिका–९ चुनदेवी चोकमा मोटरसाइकल र गाडी एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मत्यु हुनेमा बागमती प्रदेश ०२–०४६ प ७१२९ नम्बरको मोटरसाइकलका चालक ३९ वर्षीय कुमार श्रेष्ठ छन् ।

उनी सवार मोटरसाइकल र बा ४ ख १७० नम्बरको गाडी आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सतुंगलस्थित एपीएफ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको बीएन्डबी अस्पताल ललितपुरमा उपचार भइरहेको छ ।

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: २०८१ माघ २२, मंगलवार १३:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको