जनकपुरधाम, माघ २३ । नेपाली काँग्रेस अहिले पोखरामा जिल्ला सभापतिहरुको भेलाल डाकेर अभिमूखिकरण कार्यक्रम चलाई रहेका छन । हिजो श्ुरु भएको प्रशिक्षण भोली शुक्र सम्म चल्ने छ । तर मञ्चमा पछिल्लो महाधिवेशनमा सभापतिमा पराजित शेखर कोइराला देखिएनन् ।
काँग्रेस सभापति देखी सबै जिम्मेवार पदाधिकारी जिल्ला नेता सम्म कार्यक्रममा उपस्थित हुँदा शेखर अनुपस्थित भएका हुन । पछिल्लो समय काँग्रेसको औपचारिक कार्यक्रम भन्दा आफनै गुटको बैठकमा सक्रिय हुन थालेका शेखरको पछिल्लो कदमले काँग्रेस वृतमै पार्टी भित्र गुटबन्दीको उत्सर्कता हो की उनलाई गलहत्याउने प्रयास भनि चर्चा हुन थालेको हो ।
यस विषयमा जानकारी लिने प्रयास गर्दा शेखर आफुलाई निम्तो नै नभएपछि कसरी जानु भनि प्रतिक्रिया दिएका छन ।
पछिल्लो महाधिवेशनको क्रममा शेखर गुटमै रहेका गगनलाई देउवाले च्यापे पछि शेखर काँग्रेस भित्र कमजोर भएको आकलन गर्न थालिएको हो । यस अघि काँग्रेसले विराटनगरमा बोलाएको बैठकमा समेत कोइराला उपस्थित भएका थिएनन् बरु बैठक अगाबै आफनै गुटको बैठक बोलाएका थिए ।
पोखरा बैठकमा समेत शेखर पक्षधरहरुले उनको खोजविन गरेपनि संस्थापन पक्षबाट पत्यारिलो प्रतिक्रिया नआएको कार्यक्रममा सहभागी एक नेताले बताए ।
नेपाली काँग्रेसका गण्डकी सभापति शुक्रराज शर्मा कार्यक्रममा उहाँलाई नबोलाइएको हो की उहाँ नआउनु भएको हो आफुलाई थाहा नभएको बताउछन । तर। केही दिन प्रदेश सभापतिहरुको भेला डाकेर उहाँलाई निम्तो गरिने उनको कथन छ ।
शर्मा कोइराला समुह बाटै निर्वाचित हुन । त्यसै कोइराला निकट देवराज चालिसे शेखरको अनुपस्थितिले काँग्रेसको विचारले पुर्णता नपाएको अनुभूति आफुले गरेको बताए ।
पोखराको कार्यक्रममा शेखरको अनुपस्थितिलाई अर्थपूर्ण रुपमा हेरेका छन । तर शेखरले भन्ने पदाधिकारीहरुले नै आफुलाई टाढा टाढा पार्न खोजेको प्रतिक्रिया दिए ।
वर्तमान सत्ता गठबन्धनको पछिल्लो समय आलोचना गर्दै आएका कोइराला प्रतिपक्षी दलका नेता पुष्पकमल दहाल संग नजिकिएको अटकल समेत गर्न थालिएको छ । केही दिन अघि चितवन विमान स्थलमा शेखर संगै बसेर दहालले सरकारको आयु लामो नरहेको प्रतिक्रिया दिइ रहदा कोइराला मुसुमुसु हाँसेको तस्विर समाजिक संजालमा भाइरल नै भएको थियो ।
महामन्त्री गगन थापा देउवा संग नजिकिएपछि सतहमा कमजोर देखिएका कोइराला कार्यकर्ता तरमा भने त्यति कमजोर नरहेको राजनीतिक विश्लेषकहरु बताउछन । शेखर अगामी महाधिवेशनमा समेत सभापतिमा उमेदवारी दिने घोषणा गरि सकेको बेलामा देउवा र शेखर बीचको पछिल्लो सम्बन्धले पार्टी भित्रको गुटबन्धी उत्कर्षमा रहेको हो की शेखरलाई पार्टी बाटै गालहत्याउने प्रयास भै रहेकोे हो भनी चर्चाले बलियो स्थान पाउन थालेको छ ।




